Logo

दुई दिनमै नेप्से १९ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

दुई दिनमै नेप्से १९ अंकले घट्यो, कारोबार रकम पनि घट्यो


रामराजा श्रेष्ठ
27
Shares

बिजखवर संवाददाता ।
२४ कात्तिक, काठमाडौं । नेप्से परिसुचक दुई दिनमा झण्डै १९ अंकले घटेको छ । सोमबार पनि नेप्से परिसुचक १० दशमलव ६९ अंकले घटेपछि दुई दिनमै १९ अंकले घटेको हो । आइतबार नेप्से परिसुचक ८ दशमल ५२ अंकले घटेको थियो । सोमबार पनि बजार खुलेदेखि नै द्वत गतिमा ओरालो लागेको नेप्से परिसुचक ८ सय ८४  दशमलव ६९ अंकमा आएर अडिएको छ ।
सोमबार पनि नेप्से परिसुचकमा सवैभन्दा बढी बीमा समुहको ५० दशमलव ९७ अंकले घटेको छ । यस्तै, जलविद्युत् समुह ३६ अंकले घटेको छ भने बैकिंङ समुह ९ अंकले घटेको छ ।  सोमबार पनि फाइनान्स र उत्पादनमुलक समुह सामान्य रुपमा  उकालो  लागेका छन् ।
यस्तै, कारोबार रकम पनि घटेको छ । आइतबार बजारमा २२ करोड १८ लाख रुपैयाँको कारोबार भएकोमा सोमबार बरावरको २१ करोड रुपैयाँको मात्र कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL