Logo

ग्लोबल आइएमई सेक्युरिटिजको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावहरू सर्वसम्मतिले पारित

ग्लोबल आइएमई सेक्युरिटिजको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावहरू सर्वसम्मतिले पारित



काठमाडौं । ग्लोबल आइएमई बैंकको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा आएको ग्लोबल आइएमई सेक्युरिटिज लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा भाद्र १७ गते मंगलबार कम्पनीको रजिष्टर्ड कार्यालय, नयाँबानेश्वर, काठमाडौंमा सम्पन्न गरेको छ।

साधारणसभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका थिए भने प्रमुख आतिथ्यथीका रुपमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी उपस्थित रहेका थिए। साथै, बैंकका प्रतिनिधि, कम्पनी रजिष्ट्रार कार्यालयका उप-रजिष्ट्रार तथा विभिन्न क्षेत्रका अन्य गण्यमान्य व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति थियो।

प्रबन्ध सञ्चालक प्रवीना पाण्डेले स्वागत मन्तव्य दिँदै सेयर बजारको उतार(चढाव, नियामक निकायका मार्गनिर्देशनहरू, र लगानीकर्ताहरूको अपेक्षा बीच कम्पनीले पारदर्शिता, भरोसा र सेवा सुधारलाई प्राथमिकता दिँदै वित्तीय वर्ष २०८१-८२ मा उल्लेखनीय प्रगति हासिल गरेको बताए।

सोही क्रममा कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसपछि साधारणसभामा प्रस्तावित एजेन्डा माथि छलफल, शेयरधनीका तर्फबाट उठेका जिज्ञासामाथि जवाफ र अन्ततः साधारणसभाका प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, साथै प्रबन्धपत्र र नियमावली संशोधनसम्बन्धी प्रस्तावहरू अनुमोदन गरेको छ।

सभाको अन्त्यतर्फ प्रमुख आतिथिको रुपमा उपस्थित प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीले मन्तव्य दिँदै कम्पनीले हालसम्म हासिल गरेको उपलब्धिहरू प्रशंसनीय रहेको उल्लेख गर्दै भविष्यमा अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । समापन मन्तव्यमा अध्यक्ष टेकनाथ पोखरेलले सबै उपस्थित अतिथिहरू, शेयरधनी र सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस्