Logo

बढेर बन्द भयो सेयर बजार, ५ अर्ब माथिको कारोबार

बढेर बन्द भयो सेयर बजार, ५ अर्ब माथिको कारोबार



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बढेर बन्द भएको छ । कारोबारको सुरुवाति समयमा घटेको बजार अन्तिम समयमा दोहोरो अंकले बढेर बन्द भएको हो ।

आज कुल ३ सय २६ कम्पनीका १ करोड १४ लाख ४० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब १० करोड ५७ लाख माथि पुगेको छ । सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल रिइस्योरेन्स कम्पनी रहेको छ । यसदिन यस कम्पनीको २८ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ४२ कम्पनीको सेयरमूल्य बढेको छ भने १ सय ६ कम्पनीको घटेको छ । यसदिन सबैभन्दा धेरै कमाउनेमा हिम स्टार उर्जा कम्पनीका लगानीकर्ता छन् भने धेरै गुमाउनेमा उन्नती सहकार्य लघुवित्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्