Logo

लगातार दोस्रो दिन पनि सेयर बजारमा उछाल, १० अर्ब १६ करोडको कारोबार

लगातार दोस्रो दिन पनि सेयर बजारमा उछाल, १० अर्ब १६ करोडको कारोबार



काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ ।

यसअघि सोबार २३ अंकले बढेको बजारले मंगलबार पनि निरन्तरता पाउँदा आज नेप्से परिसुचक २५.०७ अंकले बढ्दै २६ सय ७८ को विन्दुमा पुगेर बन्द भएको हो ।

आज कुल ३ सय ११ कम्पनीका २ करोड ३६ लाख ९७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब १६ करोड माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ९६ कम्पनीको सेयरमूल्य बढ्दा ५२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज सेयरमूल्य बढेकामध्ये ९ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबै समुहको उपसुचकहरुमा हरियाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस्