Logo

धितोपत्र बोर्ड र बीमा व्यबसायीबीच छलफल, संचालकको सेयर विक्री गर्न नपाईने व्यवस्था हटाउन आग्रह

धितोपत्र बोर्ड र बीमा व्यबसायीबीच छलफल, संचालकको सेयर विक्री गर्न नपाईने व्यवस्था हटाउन आग्रह



काठमाडौं । नेपाल निर्जीवन बीमा व्यबसायी संघका पदाधिकारी र नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारीबीच भेट भएको छ । आईतबार निर्जीवन बीमा व्यवसायी संघले अधिकारीलाई भेट गरी संघको तर्फबाट सुझावहरु प्रस्तुत गरेको हो ।

laxmi

हाल बीमा कम्पनीका सञ्चालकहरुको सेयर पदमा रहंदा र पदबाट हटेको एक बर्षसम्म पनि बिक्री गर्न नपाइने व्यबस्थाले समस्या सिर्जना भएको संघका पदाधिकारीहरुले बताएका थिए । यसले कैंयौं बर्षदेखि लगानीकर्ता सञ्चालकहरुले आफुलाई व्यक्तिगत रुपमा अप्ठ्यारो परेको बखतमा सेयर बिक्री नपाउदा समस्या परेको र सबै लगानीकर्ताहरु जस्तै सञ्चालकहरु समेत कम्पनीको लगानीकर्ता नै रहेको र लगानीकर्ताहरुको तर्फबाट निर्वाचित भई सञ्चालक समितिमा प्रतिनिधित्व गरेको भरमा आफुसंग रहेको सेयर सधैं रोक्का नै गरिराख्नु न्यायोचित नहुने उनिहरुको सुझाव थियो ।

उक्त प्रावधानलाई पुनरावलोकन गर्न संघले अधिकारीसमक्ष अनुरोध गरेको थियो ।

भारतलगायत अन्य मुलुकमा पनि अग्रिम रुपमा सञ्चालकले घोषणा गरेर सेयर बिक्री गर्ने व्यबस्था रहेको र नेपालमा पनि त्यस्तै व्यबस्था गरी वा नियमनकारी निकायको स्वीकृति लिई निश्चित सीमासम्म आफ्नो सेयर बिक्री गर्न सकिने व्यबस्था गर्न बोर्डसमक्ष संघले आग्रह गरेको छ ।

उक्त भेटघाटमा संघका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष मनोहर दास मुल, कोषाध्यक्ष रमेश कुमार निरौला, सदस्य आजाद श्रेष्ठ एवं बालकृष्ण श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL