Logo

जसले सेयर बजारबाट पाँच महिनामा ५० अर्ब डलर कमाए, १८ महिनामा ५ सय प्रतिशतले बढ्यो कम्पनीको सेयर

जसले सेयर बजारबाट पाँच महिनामा ५० अर्ब डलर कमाए, १८ महिनामा ५ सय प्रतिशतले बढ्यो कम्पनीको सेयर



काठमाडौं । एनभिडिया आजकल फेरि हेडलाइनमा छ । एआई चिप बनाउने यो अमेरिकी कम्पनीको सेयरले दिनहुँ नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ । कम्पनीको सेयर १८ महिनामा ५ सय प्रतिशतले बढेको छ भने २५ वर्षमा २ लाख ५० हजार प्रतिशतले बढेको छ । यससँगै कम्पनीका संस्थापक तथा सीईओ जेन्सेन हुआङको कुल सम्पत्ति यस वर्ष करिब ५० अर्ब डलरले बढेको छ ।

laxmi

यदि तपाईंले २५ वर्ष पहिले एनभिडियामा १० हजार डलर लगानी गरेको भए आज सो लगानीको मूल्य आज २.५३ करोड डलर हुने थियो । यो कम्पनी १९९९ मा स्टकमा सूचीबद्ध भएको थियो र हाल सम्म साढे २ लाख प्रतिशत प्रतिफल दिएको छ । एआई चिप्स बनाउने अमेरिकी कम्पनी एनभिडिया कप्र्स अहिले माइक्रोसफ्ट र एप्पल पछि विश्वको तेस्रो सबैभन्दा मूल्यवान कम्पनी हो । यसको बजार पूंजी २.६१८ ट्रिलियन डलर पुगेको छ । यसको मतलब यो भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिज भन्दा १० गुणा ठूलो छ । मुकेश अम्बानीको यो कम्पनीको मार्केट क्याप २४१.२१ बिलियन डलर छ । एनभिडियाका संस्थापक र सीईओ जेन्सेन हुआङ यस वर्ष सबैभन्दा धेरै कमाउने धनी व्यक्ति हुन् ।

ह्वाङको नेटवर्थमा रेकर्ड वृद्धि

एनभिडियाको सेयरमा हालैमा उल्लेखनीय वृद्धि भएको छ । जसका कारण कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङको नेटवर्थमा पनि उल्लेख्य वृद्धि भएको छ । उनी ९३.६ बिलियन डलरको सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा १७ औं स्थानमा आएका छन् । यो वर्ष उनको कुल सम्पत्ति सबैभन्दा बढी ४९.६ बिलियन डलरले बढेको छ । यसको मतलब उसले हरेक महिना १० अर्ब डलर कमाएका छन् । यस अवधिमा मार्क जुकरबर्गको नेटवर्थ ४२ अर्ब डलर र माइकल डेलको कुल सम्पत्ति ३८.२ बिलियन डलरले बढेको छ भने एलोन मस्कको ३८.१ बिलियन डलर गुमाएका छन् ।

ह्वाङको जन्म सन् १९६३ मा ताइवानमा भएको थियो । ताइवानबाहेक उनको बाल्यकाल थाइल्याण्डमा बित्यो । सन् १९७३ मा उनका आमाबुवाले उनलाई अमेरिकामा आफन्तकहाँ पठाए र केही दिनपछि उनीहरू पनि अमेरिका आए । एनभिडियाको स्थापना अप्रिल १९९३ मा भएको थियो । सुरुमा यो कम्पनीले भिडियो गेम ग्राफिक्स चिप्स निर्माण गर्यो । जब कम्पनीको सेयर १०० डलर पुग्यो, हुआंगले आफ्नो हातमा कम्पनीको लोगोको ट्याटु बनाएका थिए । उनको अहिले एनभिडियामा ३.५ प्रतिशत सेयर छ ।

कोरोना बरदान बन्यो

कोरोनाको अवधि कम्पनीका लागि वरदानको रूपमा आयो । यस अवधिमा, एनभिडियाको सेयर तीव्र रूपमा बढ्यो । क्रिप्टोमा आएको बूमको कारण अर्थात क्रिप्टोको खननमा चिप्सको प्रयोग बढ्यो । तर, कोरोना मत्थर भएपछि कम्पनीको सेयरको मूल्य दुई तिहाइले घट्यो । तर, एआईको चलन बढेसँगै कम्पनीको दिन फेरि परिवर्तन हुन थाल्यो । ह्वाङ एआईले कम्प्युटर क्रान्तिको नेतृत्व गरिरहेको बताउँछन् । ‘यो प्रयोग गर्न सजिलो छ, त्यसैले यो छिटो बढ्दै छ । यसबाट कुनै पनि उद्योग अछुतो रहने छैनन् । संसारभरका कम्पनीहरू च्याटजिपिटीजस्ता जेनेरेटिभ एआई ह्यान्डल गर्न सक्ने थप शक्तिशाली कम्प्युटरहरूतिर फर्किरहेका छन्’, उनी भन्छन् ।

माइक्रोसफ्ट र गुगलजस्ता ठूला प्राविधिक कम्पनीहरूबीच एनभिडियाबाट बढीभन्दा बढी चिप्स लिन प्रतिस्पर्धा छ । साथै साउदी अरेबिया र युएईले पनि कम्पनीबाट हजारौं चिप्स खरिद गरिरहेका छन् । यति मात्र होइन, चिनियाँ कम्पनी टेन्सेन्ट र अलिबाबा पनि एनभिडियाको ढोकामा उभिएका छन् । यसबाट प्रष्ट हुन्छ कि विश्वमा एनभिडियाको चिप्सको कति माग छ । च्याटबट र अन्य उपकरणहरूको बढ्दो प्रवृत्तिका कारण यस्तो माग आगामी दिनहरूमा अझ बढ्ने अपेक्षा गरिएको छ । गत वर्ष कम्पनीको नाफा ६ सय २८ प्रतिशतले बढेको थियो भने राजस्व २६८ प्रतिशतले बढेको थियो ।

ह्वाङको शैली

ह्वाङले आफ्नो काम बिहान ६ बजे सुरु हुने बताउँछन् । उनी दैनिक १४ घण्टा काम गर्छन् । उनी संसारमा केही हासिल गर्न संघर्ष गर्नुपर्ने मान्यता राख्छन् । बिदा र सप्ताहन्तमा पनि काम गर्छन कर्मचारीहरूसँग क्याफेमा खाना खान्छन । सन् १९९० को दशकको उत्तरार्धमा कम्पनी टाट पल्टने संघरामा थियो । तर, उनले हार नमानेको उनी सम्झन्छन् । आज एनभिडियो विश्वको शीर्ष तीन मूल्यवान कम्पनीहरू मध्ये एक भएको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL