Logo

ज्योति क्यापिटलको नयाँ योजना, नेपाली सेनालाई निःशुल्क डिम्याट र मेरो शेयर खाता

ज्योति क्यापिटलको नयाँ योजना, नेपाली सेनालाई निःशुल्क डिम्याट र मेरो शेयर खाता



काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडले नेपाली सेना दिवसको अवसरमा ‘ज्योति क्यापिटल नेपाली सेना सम्पन्नता निःशुल्क डिम्याट र मेरो शेयर खाता’ योजना सार्वजनिक गरेको छ ।

laxmi

शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी ज्योति क्यापिटलले नेपाली सेनाको सम्मानमा यो योजना ल्याएको हो । योजना अवधिभर नेपाली सेनाले निःशुल्क डिम्याट र मेरो शेयर खोल्न पाउनेछन् ।

ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो शेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइट अथवा https://demat.jbbl.com.np/Demataccount/registration मा क्लिक गरी खोल्न सकिनेछ । उक्त योजना मिति २०८० फाल्गुण २४ गते देखि २०८० फाल्गुण ३० सम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरूबाट प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL