Logo

मिर्मिरे लघुवित्तको सेयर १ सय रुपैयाँमै, आवेदन दिने आज अन्तिम दिन

मिर्मिरे लघुवित्तको सेयर १ सय रुपैयाँमै, आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थप सार्वजनिक निष्काशन अर्थात एफपीओमा आवेदन दिने आज असोज ३० गते अन्तिम दिन रहेको छ। कम्पनीको एफपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।

laxmi

लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

लघुवित्तको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका वडा नं ८, काभ्रेपलाञ्चोकमा रहेको छ। लघुवित्तको नेपालभरी ७७ वटै जिल्लामा शाखा कार्यालयहरु छन्। गत असार मसान्तसम्ममा लघुवित्तको एक केन्द्रिय कार्यालय, ७ प्रादेशिक कार्यालय, ५ उप–प्रदेशिक कार्यालयसहित १५० वटा शाखा कार्यालयहरु रहेका छन्। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो।

कम्पनीको एफपीओमा असोज २९ गते सोमबार साँझसम्ममा १२ लाख १२ हजार १०९ जनाले १ करोड ३८ लाख ८३ हजार ७३० कित्ताका लागि आवेदन दिएका छन् । यो ११२.१३ गुणा बढी आवेदन हो ।

प्रतिक्रिया दिनुहोस्
MBL