Logo

Global_Ime

हिमाल दोलखा हाइड्रोको ७५ प्रतिशत हकप्रद शेयर आजदेखि बिक्रीमा, असार १० गतेसम्म आवेदन दिन सक्ने

हिमाल दोलखा हाइड्रोको ७५ प्रतिशत हकप्रद शेयर आजदेखि बिक्रीमा, असार १० गतेसम्म आवेदन दिन सक्ने



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी रू. १ अर्ब २० करोडको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो ।

Laxmi_sunrise
KBL

उक्त अनुपातमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर कम्पनीले विक्री खुला गरेको हो । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बैशाख २७ गते बुकक्लोज गरेको थियो । बुक क्लोजको आधारमा बैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । योग्य आवेदनहरूले असार १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बीप्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै लगानीकर्ताले हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखामार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टेयर र एपमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६० करोड रहेको छ । ७५ प्रतिशत हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ ।

कम्पनीले हाल ४ दशमलव ५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनाले २०६७ माघ १ गतेदेखि र माई साना क्यास्केड जलविद्युत आयोजनाले २०७४ चैत २६ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनको कुल लाग रू. ७२ करोड ५१ लाख ४९ हजार रहेको छ भने माईसाना क्यास्केट जलविद्युत आयोजनाको कुल लागत रू. १ अर्ब ४२ करोड ४७ लाख ३ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL