Logo

अघि बढ्यो ब्रोकर लाइसेन्स प्रक्रिया, अध्यक्ष हमाल भन्छन्-प्रक्रिया पुगेका सबैले १ महिनाभित्रै पाउँछन्

अघि बढ्यो ब्रोकर लाइसेन्स प्रक्रिया, अध्यक्ष हमाल भन्छन्-प्रक्रिया पुगेका सबैले १ महिनाभित्रै पाउँछन्



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ लाइसेन्स प्रक्रिया अघि बढाएको छ । मुद्दा परेर लामो समयदेखि रोखिएको उक्त लाइसेन्स वितरण प्रक्रिया सर्वोच्च अदालतले रिट खारेज गरेपछि पुनः अघि बढेको हो । हाल आवेदन दिएका कम्पनीहरुको विषयमा कागजात छानविन भैरहेको र एक महिनाभित्रै नयाँ लाइसेन्स वितरण गरिने बोर्डको अध्यक्ष रमेश हमालले जानकारी दिए । ‘हामीले अहिले आवेदन आएका कम्पनीको कागजात जाँच गरिरहेका छौं,’ उनले भने, ‘सम्भवत एक महिनाभित्रै प्रक्रिया पुगेका आवेदकहरुलाई नयाँ लाइसेन्स दिनेछौं ।’

laxmi

बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि गत असोज २ गते आवेदन खुला गरेको थियो । जसमा ४६ वटा कम्पनीले ब्रोकर, धितोपत्र व्यापारी र पूर्णकार्यको लागि आवेदन दिएका थिए । जसमध्ये नविल सेक्युरिटीजले धितोपत्र व्यापारीको काम गर्न र पूर्ण कार्य गर्ने ब्रोकरका लागि मेगा स्टक मार्केट, हिमालयन सेक्युरिटी, शनि सेक्युरिटिज र सेन्चुरी स्टक ब्रोकरले आवेदन दिएका थिए ।

अन्य कम्पनीले भने सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि निवेदन दिएका थिए । आवेदन दिएका सबै कम्पनीको कागजात छानविन गरी योग्य सबैलाई लाइसेन्स दिईने समेत हमालले जानकारी दिए । ‘हाम्रो उद्देश्य कसलाई लाइसेन्स दिने कसलाई नदिने भन्ने होइन,’ उनले भने, ‘हामीले बजारलाई सबैको पहुँचमा पुर्याउनु छ तसर्थ आवेदन दिएर योग्य भएका सबै कम्पनीले लाइसेन्स पाउनेछन् ।’

बोर्डको संशोधित नियमावली अनुसार स्टक डिलरका लागि १ अर्ब ५० करोड, पूर्णकालीन ब्रोकरका लागि ६० करोड र सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि २० करोड रुपैयाँ चुक्ता पुँजी चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL