Logo

सिबिआइएल क्यापिटलको स्वतन्त्र सञ्चालकमा जोत्सना बोहोरा पाण्डे र अभिजित मुल नियुक्त

सिबिआइएल क्यापिटलको स्वतन्त्र सञ्चालकमा जोत्सना बोहोरा पाण्डे र अभिजित मुल नियुक्त



काठमाडौं । सिबिआइएल क्यापिटलको स्वतन्त्र सञ्चालकमा दुई जना नियुक्त भएका छन् । कम्पनीले संचालकहरु रीता सुवेदी र प्रज्वल जङ्ग पाण्डेको पदावधि समाप्त भई रिक्त रहेको पदमा जोत्सना बोहोरा पाण्डे र अभिजित मुल लाई नियुक्त गरेको छ ।

स्वतन्त्र संचालक जोत्सना बोहोरा पाण्डेको विभिन्न बिमा कम्पनीहरुमा १८ बर्ष भन्दा बढीको व्यवस्थापकिय तहको अनुभव रहेको छ भने स्वतन्त्र संचालक अभिजित मुलको राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न क्षेत्रमा ७ बर्ष भन्दा बढीको अनुभव रहेको छ ।

संस्थाको मंगलबार बसेको १०६ औं संचालक समितिको बैठकले नवनियुक्त स्वतन्त्र संचालकहरुको स्वागत तथा साविकका स्वतन्त्र संचालकहरुलाई बिदाईको कायक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रममा सिटिजन्स बैंक ईन्टरनेशनल लि.तर्फबाट संचालकहरु पारस कुमार काफ्ले, राजेन्द्र लाल श्रेष्ठ, प्रमेश राज कायस्थ, कर्मचारी संचय कोष तर्फबाट सुवाष खड्का, नवनियुक्त स्वतन्त्र संचालक जोत्सना बोहोरा पाण्डे र अभिजित मुल, साविकका स्वतन्त्र संचालकहरु रीता सुवेदी र प्रज्वल जङ्ग पाण्डेका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईटेलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL