Logo

सानिमा ग्रोथ फण्ड आजदेखि बिक्री खुला, कसरी दिने आवेदन ?

सानिमा ग्रोथ फण्ड आजदेखि बिक्री खुला, कसरी दिने आवेदन ?



काठमाडौं । सानिमा क्यापिटलले आज अर्थात कात्तिक १६ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गर्ने भएको छ ।

laxmi

क्यापिटलले सानिमा ग्रोथ फन्डको कुल १२ करोड इकाई निष्कासन गर्न लागेको हो । जसमध्ये १ करोड ५६ लाख इकाई वा कुल बिक्री भएको इकाईको १३ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ ।

त्यस्तै, २ प्रतिशत अर्थात् २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटललाई छुट्टाएको छ भने १ करोड ८० हजार इकाई बीज पुँजी छ ।

बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ ।

यसमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा कात्तिक ३० गतेसम्म खुला रहनेछ ।

प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL