Logo

पिपुल्स पावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

पिपुल्स पावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । पिपुल्स पावरको ६३ लाख २६ हजार कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । बिहीबार पिपुल्स पावर र नेपाल स्टक एक्सचेन्जबीच सूचीकरण सम्झौता सम्पन्न भएको छ ।

laxmi

पिपुल्स पावरको प्राथमिक सेयर निष्काशन कार्य प्रभु क्यापिटल मार्फत सेयर बिक्री खुल्ला भएको थियो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई १० प्रतिशत, सर्वसाधारण लगानीकर्ता सेयरधनी (सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) लाई ३९ प्रतिशत र कम्पनीका संस्थापकहरुले ५१ प्रतिशत सेयर वितरण गरेको थियो ।

कम्पनीले रजिष्ट्रार सम्बन्धी कार्य गर्नको निमित्त सेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटललाई चयन गरेको छ । सेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले पिपुल्स पावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी, लाभाशं तथा बोनश हितग्राहीको खातामा जम्मा गर्ने, सेयर रोक्का लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने कार्यहरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL