Logo

एनएमबि हाइब्रिड फण्ड एल-१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबि हाइब्रिड फण्ड एल-१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

laxmi

दुवै फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको इकाईधनीहरुलाई क्रमशः २१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

योजनाको लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात मिति २०७९ श्रावण ३१ गते बुक क्लोज गरिदैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांशको लागि हकदार हुनेछन् ।


एनएमबि क्याटिलद्वारा प्रबदित म्यूचूअल फण्ड स्किमहरुको लाभांश इतिहास निम्नानुसार रहेको छ

साथैे एनएमबि क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२’ २०७९ श्रावण २६ गते देखि निष्काशन भईरहेको छ । सो योजनाको निष्काशन छिट्टोमा श्रावण ३१ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा भाद्र ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL