SCT


GBIME

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड, ६७ हजार ५८ जनाले मात्र पाए सेयर


बिजखबर संवाददाता
9 August, 2022 10:57 am

sayapatri hydro ipo allotment

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँड भएको छ । आज बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले क्यापिटल कै कार्यालयमा सेयर बाँडफाँड गरेको हो।

NLIC
Lamxi_bank

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १४ लाख १३ हजार ५ सय ७२ जनाले आवेदन दिएका थिए । जस मध्ये ८७३ जनाको आवेदन अयोग्य रहेको क्यापिटलले जनाएको छ । सेयर पाउन योग्य रहेका आवेदकको संख्या १४ लाख १२ हजार ४ सय ६८ जना रहेको र उनीहरुलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

जस अनुसार गोलाप्रथाबाट ६७ हजार ५८ जनाले मात्र सेयर पाएका छन् । यी मध्ये ६ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ताको दरले सेयर पाएका छन् । यस आईपीओमा १३ लाख ४५ हजार ४१० आवेदकबाट हात खाली भएको छ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता सेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता सेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासनमा ल्याएको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL