Logo

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड हुँदै, साढे १५ लाख आवेदकको हात खाली हुने

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड हुँदै, साढे १५ लाख आवेदकको हात खाली हुने



काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँडका लागि मिति तय भएको छ । कम्पनीको आईपीओ आज अर्थात मंगलबार बाँडफाँड हुने भएको हो ।

कम्पनीको बिक्री प्रबन्धकान एनआइबीएल एस क्यापिटलको कार्यालयमा बिहान १० बजे आईपीओ बाँडफाँड हुने भएको हो ।

कम्पनीको आईपीओमा मागभन्दा २५ गुणा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा १५ लाख बढीले आवेदन दिएका हुन् ।

कम्पनीको आईपीओमा १५ लाख २३ हजार ७०३ जनाले १ करोड ७२ लाख ४५ हजार ८० कित्ता सेयरका लागि आवेदन दिएका छन् । यो मागभन्दा २५.२२ गुणा बढी हो ।

कम्पनीले साउन १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि जारी गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने व्यवस्था गरेको थियो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले आईपीओ गोलाप्रथाबाट वितरण हुनेछ । गोलाप्रथाबाट ६७ हजार ५८ जनाले मात्रै १०-१० कित्ता सेयर प्राप्त गर्नेछन् । यी मध्ये तीन जनाले भने थप १-१ कित्ता सेयर हात पार्नेछन् । बाँकी साढे १५ लाख आवेदकको हात खाली हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL