Logo

२ लाख २७ हजार २०० जनाले पाए श्वेत गंगा हाइड्रोपावरको आईपीओ, तपाईलाई पर्यो ?

२ लाख २७ हजार २०० जनाले पाए श्वेत गंगा हाइड्रोपावरको आईपीओ, तपाईलाई पर्यो ?



काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँट गरेको । बिक्री प्रबन्धक सानिमा क्यापिटलले बुधबार बिहान सर्वसाधारणमा विक्री गरेको शेयरको अन्तिम बाँडफाँट गरेको हो ।

laxmi

विक्री प्रबन्धकका कम्पनीको आईपिओ खरीदका लागि कुल १५ लाख ४३ हजार ९४५ जनाले १ करोड ७० लाख ७२ हजार ८७० कित्ताको लागि आवेदन दिएका थिए । कुल आवेदकहरूमध्य ४ हजार ४४० जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । रितपूर्वक आवेदन दिएका १५ लाख ३९ हजार ५०५ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँट गरिएको हो ।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफांड गर्दा २ लाख २७ हजार २०० जना योग्य आवेदकहरूले मात्र शेयर प्राप्त गरेका छन् । पहिलो चरणमा न्यूनतम १० कित्ता शेयर बाँडफाँट गरी बाकी रहेको ५ कित्ता शेयर भने थप पाँच जनालाई एक एक कित्ताका दरले बाँडफाँट गरिएको विक्री प्रबन्धकको भनाई छ ।

यस आधारमा भाग्यमानी ५ जनाले ११ कित्ता शेयर पाएका छन् । कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका १३ लाख १६ हजार ९४३ जना आवेदकहरूको हात भने खाली भएको छ । कम्पनीले सर्वसाधारणमा साउन ४ गतेदेखि साउन ८ गतेसम्म आईपीओ बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL