Logo

कुमारी क्यापिटलले ‘कुमारी धनबृद्धि योजना’ ल्याउँदै, जेठ १२ गतेदेखि आवेदन दिन सकिने

कुमारी क्यापिटलले ‘कुमारी धनबृद्धि योजना’ ल्याउँदै, जेठ १२ गतेदेखि आवेदन दिन सकिने



काठमाडौं । कुमारी क्यापिटलले कुमारी धनवृद्धि योजना सञ्चालन गर्ने भएको छ । यसका लागि क्यापिटलले जेठ १२ गतेदेखि सर्वसाधारणमा इकाई जारी गर्ने भएको हो । प्रतिइकाई रू. १० अंकित दरका रू. १ अर्ब २० करोड बराबरको १२ करोड इकाई क्यापिटलले जारी गर्न लागेको हो ।

laxmi

यस योजनाका लागि निष्कासनमा आउने कुल इकाईमध्ये १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । उल्लेखित इकाई खरीदका लागि आवेदकहरुले न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था छ । यस इकाई खरीदका लागि छिटोमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने जेठ २६ गतेसम्म आवेदन दिन सकिने मिति तय गरिएको छ ।

कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई विक्री प्रबन्धकको जिम्मेवारी समेत कुमारी क्यापिटललेनै पुरा गर्दैछ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै मेरो शेयर सफ्टवेयर र एप मार्फत पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL