Logo

समता लघुवित्तको एफपीओ प्रत्याभूतिकर्तामा एनआईबीएल एस क्यापिटल

समता लघुवित्तको एफपीओ प्रत्याभूतिकर्तामा एनआईबीएल एस क्यापिटल



काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप पुँजी जुटाउन एफपीओ जारी गर्ने भएको छ । ७० प्रतिशत र ३० प्रतिशत सर्वसाधारण सेयर हुने गरी कम्पनीले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्न लागेको जनाएको छ ।

laxmi

कम्पनीका अनुसार सर्वसाधारणमा जारी हुन बाँकी २ लाख ८९ हजार ४ सय ४० कित्ता सेयर एफपीओमार्फत जारी गर्न लागिएको हो । यसका लागि कम्पनीले एक सम्झाैता मार्फत एनआईबीएल एस क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रवन्धक सचिन्द्र ढुंगानाले प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL