Logo

गरिमा क्यापिटलको एजीएम वैशाख ९ गते, यस्ता छन्‌ प्रस्ताव

गरिमा क्यापिटलको एजीएम वैशाख ९ गते, यस्ता छन्‌ प्रस्ताव



काठमाडाैँ ।  गरिमा क्यापिटल लिमिटेडले वैशाख ९ गते छैटौं वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । पार्क भिलेज रिजोर्ट बूढानीलकण्ठमा आयोजना हुने साधारणसभामा कम्पनी सञ्‍चालक समितिले विभिन्न ९ प्रस्ताव पेश गरेको भएको गरिमा क्यापिटलले जानकारी दिएको छ ।

laxmi

सञ्चालक समितिले साधारणसभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव लैजाने भएको हो ।

यसैगरी संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७८ असार मसान्तमा कायम चुक्तापूँजी ११ करोड ८१ लाखको १५.६५ प्रतिशतले हुन आउने रकम १ करोड ८४ लाख ८३ हजार ८९५ रुपैयाँ ९३ पैसा नगद लाभांश (नगद लाभांशमा लाग्ने करसमेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि पेश हुने कम्पनीले जानकारी दिएको छ ।

विशेष प्रस्तावका रूपमा सञ्चालक समितिले साधारणसभामा आफ्नो कार्यक्षेत्र विस्तार गरी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार एवं सामूहिक लगानी कोषको डिपोजिटरीको रूपमा समेत कार्य गर्न कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्यहरू थप/संशोधन गर्ने र सो बमोजिम आवश्यक व्यवस्था गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव लैजाँदैछ । गरिमा क्यापिटल लिमिटेड वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेश हुने जनाइएको छ ।

साथै, सञ्चालकहरूलाई प्रदान गरिने बैठक भत्ता रकम वृद्धि गर्ने र प्रबन्धपत्र संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेश हुने सो गरिमा क्यापिटलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL