Logo

बलेफी हाइड्रोपावरको आईपिओ खुल्यो, १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने

बलेफी हाइड्रोपावरको आईपिओ खुल्यो, १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने



काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका आईपीओ बिक्रि खुला गरेको छ।

laxmi

कम्पनीले कुल १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता आईपीओ सर्वसाधारणमा जारी गरेको छ ।

इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । आवेदन भने चैत १६ गतेदेखि चैत्र २१ गतेसम्म दिन सकिने छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL