Logo

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ११ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ११ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

laxmi

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ७।७० प्रतिशत बोनस सेयर रहेको छ भने बाँकी ३।३० प्रतिशत नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। मंसिर १४ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
MBL