Logo

तेह्रथुम पावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, यसरी गर्नुस आवेदन

तेह्रथुम पावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, यसरी गर्नुस आवेदन



काठमाडौँ । तेह्रथुम पावरको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्कासन भएको थियो ।

laxmi

कुल निस्कासनमध्ये ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड भइसकेको छ भने १६ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई छुट्याइएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

पावरले प्रति लगानीकर्ता १० देखि ६० हजार कित्तासम्म आवेदन दिन पाउनेगरी आइपीओको बिक्री खुलाएको थियो । बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको कम्पनीको सेयरमा मेरो सेयर, सी आस्बामा आबद्ध बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL