Logo

मानुषी लघुवित्तको आईपिओ आजबाट विक्रि खुला, यसरी दिन सकिन्छ आवेदन

मानुषी लघुवित्तको आईपिओ आजबाट विक्रि खुला, यसरी दिन सकिन्छ आवेदन



काठमाडौं । मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले आजबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्कासन तथा बिक्रि खुल्ला गरेको छ ।
संस्थाले निष्काशन गरेको जम्मा ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयरमध्ये चुक्ता पुँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । लघुवित्तले कुल जारी पूँजीको ३६ प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो ।

laxmi

संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति माग्दै वैशाख १३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको थियो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न निवेदन पेश गरेको हो । कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

संस्थाको उक्त आइपीओमा छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपिओमा विगतमा परेको आवेदन संख्याका आधारमा कम्पनीको आईपिओमा १० कित्ता आवेदन गर्नु उपयुक्त देखिन्छ ।

संस्थाको आईपिओमा आवेदन दिन इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL