Logo

पाकोमा मोवाइल कार्निभल सुरु, रु.१ करोडसम्मको छुट

पाकोमा मोवाइल कार्निभल सुरु, रु.१ करोडसम्मको छुट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
२८ चैत,काठमाडौं । मोवाइल कार्निभल २०१५ शनिवारदेखि सुरु भएको छ । काठमाडौंको पाको न्युरोडमा आयेजित सो कार्निभलको एसिड पिडीत किशोरीद्धय संगिता थापामगर र भिमा बस्नेतले उद्दघाटन गरे ।

कार्निभल आयोजकको तर्फबाट एसिड घट्नामा पिडित मगर तथा बस्नेतलाई उच्च शिक्षाको लागि छात्रवृत्ति रकमअन्तरगत ५० हजार रुपैंया नगद सहयोग हस्तान्तरण गरिएको छ ।

क्लबका अध्यक्ष अमृत मानन्धर तथा टेलि टू प्रा लिका अध्यक्ष पुरुषोत्तम बस्नेतद्धारा सिमा बस्नेत तथा संगिता मगरकी आमालाई प्रतिव्यक्ति २५ हजार रुपैंया तथा हुवावेको स्मार्टफोन प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।नयाँ वर्षको अवसरमा आयोजना गरिएको सो कार्निभलको आयोजना पाको यूथ क्लबले गरेको हो ।

कार्निभलमा न्यूरोड, ताम्राकार कम्प्लेक्स तथा पिपुल्स प्लाजाका सबै मोबाइल पसलहरुको सहभागिता रहेको छ । मोबाइल महोत्सवले पाको न्यूरोड क्षेत्रलाई मोबाइल हबको रुपमा स्थापित गर्न सहयोग पुर्याउने टेलिटु प्रालीका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए ।

कार्निभलमा १ करोड रुपैंया भन्दा बढिको डिस्काउन्ट अफर गरिएको भन्दै छ । कार्निभलमा ग्राहकहरुलाई मोबाइलको बारेमा सहि जानकारी दिने तथा उनीहरुलाई विभिन्न मोबाइल खरिदमा डिस्काउन्ट दिने बताइएको छ ।

आयोजकले महोत्सव अवधिभर कुल १ करोड रुपैंयासम्मको डिस्काउन्टको घोषणा गरिएको छ । बैशाख १ गतेसम्म आयोजना हुने कार्निभलमा मोबाइल खरिदकर्ताहरुलाई विभिन्न स्कीममार्फत कुल १ करोड रुपैंयासम्मको छुट दिने जानकारी दिएको छ ।

Mobileskhabar_1

त्यसैगरी पाको यूथ क्लबका अध्यक्ष अमृत मानन्धरले नेपालमा नै मोबाइल महोत्सवको अवधिभर पाको, न्यूरोड, ताम्राकार कम्प्लेक्स तथा पिपुल्स प्लाजा क्षेत्रमा मोबाइल खरिद गर्ने एसएलसी दिएका विद्यार्थीहरुमध्ये १ जनाले ५० हजार रुपैंयासम्मको छात्रबृत्ति दिईने जानकारी दिए ।

कानिर्नल अवधिभर १० लाख उपभोक्ताहरुको सहभागिता हुने अनुमान गरिएको छ । कार्निभलमा मोबाइल म्यूजिकल कन्सर्ट, मोबाइल फुड फेस्टा, हेल्थ क्याम्प, बालबालिकाको गेमिंग जोन, गणेश पुजा तथा मोबाइल एक्सपो समाबेश गरिएको छ ।

त्यसैगरी कानिर्भलको अवसरमा मोबाइल खरिदकर्तालाई विभिन्न किसिमका उपहार तथा छुट समेत राखिएका छन् । कानिर्भलमा मोबाइल खरिद गर्ने अन्य ग्राहकहरुलाई महोत्सव अवधिभर ५० वटा स्मार्टफोनहरु दिईनेछ । महोत्सवलाई आकर्षक बनाउन र अधिकतम ग्राहकहरुले फाईदा उठाउन भनेर महोत्सव अवधिभर ५० वटा स्मार्टफोनहरु ग्राहकहरुलाई उपहारमा दिन लागिएको हो ।

कार्निभलमा सामसुङ , हुवावे, कलर्स, जियोनी, इन्टेक्स, डिटिसी, सोनी, माइक्रोम्याक्स, माइक्रोसफ्ट तथा नोकिया, एप्पल, एचटिसी, ब्ल्याकबेरी, पानासोनीक, बर्डलगायतका मोबाइल ब्राण्डहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL