Logo

फक्सवागनले ल्यायो ‘दशैँ तिहारको उमंग फक्सवागनसँग’ अफर, ६ लाखसम्म क्यास छुट

फक्सवागनले ल्यायो ‘दशैँ तिहारको उमंग फक्सवागनसँग’ अफर, ६ लाखसम्म क्यास छुट



काठमाडौं । फक्सवागनको नेपालको अधिकृत बिक्रेता पूजा इन्टरनेशनल नेपाल प्रालिले चाडपर्व स्किम सार्वजनिक गरेको छ । कम्पनीले नजिकिँदो दशैँ तिहार र छठलाई लक्षित गर्दै फक्सवागन पोलो २९ लाख ९० हजार रुपैयाँमा किन्न सकिने अफर ल्याएको हो ।

यो अफरअन्तर्गत ग्राहकले बीएस६ मापदण्डको पोलो कार २९ लाख ९० हजार रुपैयाँमै पाउनेछन् भने चाड स्किमअन्तर्गत फक्सवागनकै अल्स्पेस मोडेल कारमा ६ लाखसम्म क्यास छुट पाउन सक्नेछन् ।
यसबाहेक फ्रि एस्सेसरिज, चार वर्षे निःशुल्क सर्भिसिङ, चालू आवको सडक कर, दुई वर्ष असीमित किमि वारेन्टी र सहज फाइनान्सको सुविधा पनि पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीको पोलो कार प्रिमियम हचब्याक हो ।

प्रतिक्रिया दिनुहोस्
MBL