Logo

टाटा मोटर्सको जनवरी फेस्ट आजदेखि, उपहार तथा मनोरन्जनात्मक कार्यक्रम

टाटा मोटर्सको जनवरी फेस्ट आजदेखि, उपहार तथा मनोरन्जनात्मक कार्यक्रम



काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्गले जनवरी २०२० को अवसरमा जनवरी फेस्ट विशेष कार्यक्रमकोे आयोजना गर्न लागेको छ ।

laxmi


उक्त कार्यक्रम यहि जनवरी १० देखी जनवरी १२ सम्म थापाथली स्थित टाटा मोटर्सका सोरुममा आयोजना गर्न लागेको हो ।

ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर र एनआरजीलगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन ।


साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा एक लाखसम्मको एक्सचेञ्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलार्ई सिंगापुर क्रुज टुर तथा विभिन्न किसिमका मनोरन्जनात्मक कार्यक्रमलगायतका विशेष आर्कषणहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL