Logo

नेप्सेको ओरालो यात्रा कायमै, परिसुचक दोहोरो अंकले घट्दा ६ अर्ब ९१ करोडको कारोबार

नेप्सेको ओरालो यात्रा कायमै, परिसुचक दोहोरो अंकले घट्दा ६ अर्ब ९१ करोडको कारोबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘मंगलबार’ पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से आज अन्तिम समयमा दोहोरो अंकसहित घटेको हो ।
आज कुल ३ सय २३ कम्पनीका १ करोड ७६ लाख ७१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएकामध्ये २ सय २५ कम्पनीको सेयरमूल्यम गिरावट आउँदा २४ कम्पनीको सेयरमूल्य उकालो लागेको छ ।

आज होटल तथा पर्यटनबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्