Logo

ह्युण्डाई मोटरद्वारा अस्सेम्ब्ली प्लान्टमा भ्रमण र टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न

ह्युण्डाई मोटरद्वारा अस्सेम्ब्ली प्लान्टमा भ्रमण र टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न



काठमाडौं । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी) ले उद्घाटनको दोस्रो दिन टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ ।

laxmi

कम्पनीले वैशाख २९ गते शनिवार रामग्राम, परासीस्थित ह्युण्डाई मोटर एसेम्बली प्लान्टमा सञ्चारकर्मीहरूलाई आमन्त्रित गरी नेपालमै निर्मित ह्युण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ गरेको हो । सो कार्यक्रममा ६५ भन्दा बढी सन्चारकर्मीहरुले सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रममा संचारकर्मीहरुलाई प्लान्टको भ्रमण गराउनुका साथै प्राविधिकहरु द्वारा एसेम्बली प्रक्रिया सम्बन्धि सम्पूर्ण जानकारी गराइएको थियो । जसबाट हुन्डाई मोटर सम्बन्धि थप जानकारी प्राप्त गरिएको थियो । संचारकर्मीहरुले कार्यक्रम विशेष तथा अत्यन्तै महत्व साथका लिएका थिए ।

त्यसैगरी उद्घाटन समारोहको पहिलो दिन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उद्घाटन समारोह भव्य रुपमा सम्पन्न भएको थियो ।

लक्ष्मी मोटर कोर्पोरेसनको उक्त पहलबाट विभिन्न ग्राहक वर्गको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै सुलभ र पहुँचयोग्य ह्युण्डाई सवारी साधनहरुको उत्पादन प्रति आफ्नो समर्पण देखाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL