Logo

टेल-जी स्कुटरमा १ लाख किलोमिटर वारेन्टीको घोषणा

टेल-जी स्कुटरमा १ लाख किलोमिटर वारेन्टीको घोषणा



काठमाडौँ । योम मा ई मोटर्सले पहिलो पटक विद्युतिय स्कुटरमा १ लाख किलोमिटर वारेन्टीको घोषणा गरेको छ । कम्पनीले टेल-जीको नयाँ मोडल लायन स्कुटरमा ग्राहकलाई १ लाख किलोमिटरसम्म वारेन्टी दिने घोषणा गरेको हो । सोमबार नक्साल स्थिति टेल-जी शोरुममा एक कार्यक्रम राख्दै कम्पनीले नयाँ मोडल टेल-जी लायनको जानकारीसहित १ लाख किलोमिटरको वारेन्टी घोषणा गरेको हो ।

laxmi

कार्यक्रममा बोल्दै कम्पनीका निर्देशक संजिव शिल्पकारले भने, ‘नेपालमा नै पहिलो पटक दुईपाँग्रेमा १ लाख किलोमिटर वारेन्टी प्रदान गर्न लागेका छौँ । हाम्रो स्कुटरमा प्रयोग भएको लिथियम आइरन फोस्फेट ब्याट्रीलाई लामो समयसम्म परीक्षण गरेर हामीले १ लाख किलोमिटर वारेन्टि दिने भएका हौँ । अब हाम्रा ग्राहकले ढुक्क भएर स्कुटर किन्न र चलाउन सक्नेछन् ।

कम्पनीका अनुसार ५ वर्ष वा १ लाख किलोमिटर जुन पहिला हुन्छ त्यसमा वारेन्टि लागू हुनेछ । यस्तो वारेन्टिले ग्राहक वर्गमा विद्युतिय स्कुटरमा ब्याट्री फेर्दा धेरै खर्च लाग्छ भन्ने भ्रम चिर्ने कम्पनीको विश्वास छ ।

सामान्यतया एक स्कुटरको आयू नै १ लाख किलोमिटर हुने बताउँदै निर्देशक सिल्पकारले भने, ‘हामीले किफायती मूल्यमा स्कुटर उपलब्ध मात्र नगराएर हाम्रा ग्राहकहरु सन्तुष्ट हुनेगरि सर्भिसको काम गर्दै आएका छौ । यसमा पनि हामीले अव १ लाख किलोमिटर वा ५ वर्ष जुन पहिला पुग्छ त्यसको आधारमा हामीले ब्याट्रीमा वारेन्टी दिन लागेको हौँ । यसले ग्राहकलाई निकै फाइदा पुग्नेछ ।’

कम्पनीले अपडेट सहित ल्याएको टेल-जी लायन स्कुटरमा फ्रन्ट भाइजर, हिल होल्ड असिष्ट, वाइडर टायर, स्मुथ एशिलरेशन, ब्राइटर (म्याट्रिक्स) हेडल्याम्प, नयाँ टेलिस्कोपिक सस्पेन्सन, नयाँ रिमोट की लगायत फिचर रहेको छ ।

टेल्जी लायनमा ४ किलोवाट पावरको मोटर र ३.३३ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक रहेको छ । यसलाइ एकपटक फुलचार्ज गरेर १६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । यो स्कुटरलाई घरमा नै ३ घन्टामा फुल चार्ज गर्न सकिन्छ ।

टेल्जी लायन नयाँ भर्सनमा ब्लुटूथ कनेक्टिभिटी, स्टेरियो स्पीकर जस्ता फिचर दिइएको छ । यसका अलावा की-लेस स्टार्ट, डिस्क ब्रेक, एलईडी डिस्प्ले, एलईडी लाइट, ट्युबलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेबल सस्पेन्सन, फास्ट चार्जिङ पोर्ट, ठूलो अन्डर सिट स्पेस लगायतका महत्वपूर्ण फिचरहरू समावेश छन् ।

३ लाख ३३ हजार रुपैयाँ बजार मूल्य तोकिएको टेल-जी लायनमा नयाँ वर्ष अफरको रुपमा १८ हजार रुपैयाँ नगद छुट प्रदान गरिएको समेत कम्पनीका निर्देशक सिल्पाकारले जानकारी दिए ।

साथै, स्कुटरको खरिदमा ग्राहकले १ वर्षको फुल इन्स्योरेन्स, रोड ट्याक्स निःशुल्कसहित हेलमेट लगायत आकर्षक उपहारहरू समेत प्राप्त गर्न सक्ने सिल्पकारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL