Logo

मेगा बिजनेस ग्रुपले सीएचटीसी मोटर्सका चिनियाँ भ्यानहरू भित्र्याउँदै, सम्झौतापत्रमा हस्ताक्षर

मेगा बिजनेस ग्रुपले सीएचटीसी मोटर्सका चिनियाँ भ्यानहरू भित्र्याउँदै, सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौँ । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटीसी मोटर्स) को नेपालको लागि आधिकारिक बिक्रेताको रूपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ । यी दुई कम्पनीहरूले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

laxmi

सम्झौता अनुसार अब मेगा बिजनेस ग्रुपले सीएचटीसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरूको नेपाली बजारमा बिक्री वितरण गर्नेछ । व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यानहरू वातारण मैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जानकारी गराएको छ । साथै अपिलको अन्त्यतिर यी उत्पादनहरु नेपाली बजारमा उपलब्ध हुनेछन् ।

६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी, ४१.८६ किलोवाट क्षमताको ब्याट्री, २८५ किलोमिटर रेञ्ज (एक पटकको फुल चार्जमा), लिथियम आएन ब्याट्री प्याक, २०५ एम. एम. ग्राउन्ड क्लिएरेन्स, सुविधाजनक कम्पनी जडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका विशेषताहरू रहेका छन् । यिनीहरूमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ । त्यस्तै ११ सिट क्षमताको भ्यानमा बुट स्पेस समेत उपलब्ध छ । चीनको सरकारद्वारा सञ्चालित सीएचटीसी मोटर्स विश्वको ५०० सर्वोत्कृष्ट कम्पनीहरू मध्येको सिनोमाच ग्रुपको एक इकाई हो ।

प्रतिक्रिया दिनुहोस्
MBL