Logo

जीडब्लूएमका गाडीहरुमा सानदार नववर्ष अफर सार्वजनिक, भारी नगद छुटका साथै फ्रि एसेसरीज पाइने

जीडब्लूएमका गाडीहरुमा सानदार नववर्ष अफर सार्वजनिक, भारी नगद छुटका साथै फ्रि एसेसरीज पाइने



काठमाडौं । जीडब्लूएमको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले आकर्षक ‘सानदार नव वर्ष २०८१’ योजना सार्वजनिक गरेको छ ।

laxmi

यो योजना नेपाली नयाँ वर्ष स्वागत गर्न जीडब्लूएमका लोकप्रिय मोडेलहरु हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरुमा अफरहरु प्रर्वद्धन गरिएको कम्पनीले जनाएको छ ।

अफरमार्फत ग्राहकहरूले ओरा ०३ ईभी मा भारि नगद छुट, फ्रि एसेसरीज, एक वर्ष सम्मको व्यापक बीमा र फास्ट चार्जर सहित रु ५ लाखसम्मको फाइदा पाउनेछन । हाभलका एच् सिक्स र जोलायनमा ८.५ लाख सम्मको फाइदा सहित नगद छुट, एक वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज साथै पावरमा १० लाख सम्मको फाइदा सहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन् । यी सुविधाहरू मार्फत अटोमोटिभ उत्साहीहरुले उत्कृष्ट ड्राइभिङ अनुभवका साथ यो नयाँ वर्ष अविष्मरणीय बनाउन सक्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL