Logo

बिवाईडी डल्फिन र बिवाईडी सिलले पाए सुरक्षा मापदण्डमा फाइभ–स्टार मूल्यांकन

बिवाईडी डल्फिन र बिवाईडी सिलले पाए सुरक्षा मापदण्डमा फाइभ–स्टार मूल्यांकन



काठमाडौँ । अस्ट्रेलियाको नयाँ कारको मूल्यांकन गरिने कार्यक्रम अन्तर्गतको नवीन परीक्षण मापदण्ड अनुसार बिवाईडी डल्फिन र बिवाईडी सिलले सुरक्षामा फाइभ–स्टार मूल्यांकन प्राप्त गरेको छ।

laxmi

अस्ट्रेलिया र न्युजिल्याण्डको सवारी साधनको सुरक्षामा स्वतन्त्र अबाज एएनसीएपीले २०२३ देखि आफ्नो मूल्याङ्कनको मापदण्ड विस्तार गरेको हो। सुरक्षाका फाइभ–स्टार मूल्याङ्कन प्राप्त गर्न, सवारी साधनहरुले सबै परीक्षणहरुमा उच्चतम मापदण्ड प्राप्त गर्नु पर्ने र अत्याधुनिक सुरक्षाका प्रविधिहरुले सुसज्जित भएको हुनुपर्छ।

एएनसीएपीको रिपोर्ट अनुसार बीवाईडी सिलले अब्लिक पोल परीक्षणमा चालकको र छेउछाउ अथवा किनारामा परेको टक्करको प्रभाव परीक्षणमा बालबच्चाको सुरक्षामा पूर्ण अङ्क प्राप्त गरेको छ। यसले वयस्क यात्रीको सुरक्षामा ८९ प्रतिशत, बालबच्चा यात्रीको सुरक्षामा ८७ प्रतिशत, ८२ प्रतिशत सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा र ७५ प्रतिशत सुरक्षा सहयोगमा प्राप्त गरेको छ।

बीवाईडीका प्रमुख कार्यकारी अधिकृत कार्ला होरवेङले भने, ‘हाम्रो २०२३ को परीक्षण र मूल्याङ्कन मापदण्डमा थप उच्चस्तरीय संरचनात्मक सुरक्षा का साथै उत्पादनका क्षेत्रमा नवीन चुनौतीका सक्रिय सुरक्षा प्रविधिहरूको आवश्यकता माग गरेका थियौँ र, खुसीको कुरो, यो वर्ष अहिले सम्ममा यी तिनै मोडलले फाइभ स्टारको मूल्याङ्कन पाएका छन्।’

यस्तै डल्फिनले अगाडि परेको ठक्कर र छेउछाउ या किनारामा परेको ठक्करको प्रभाव परीक्षणमा बालबच्चा यात्रीको सुरक्षामा अधिकतम अङ्क हासिल गरेको छ। साथै, यसले २०२३ मा परीक्षण गरिएका सबै मोडलहरू मध्यमा सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा सर्वाधिक ८५ प्रतिशत अङ्क हासिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL