Logo

रोयल इन्फिल्ड ‘हन्टर कार्निभल’, मोटरसाइकल एक्सचेन्जलगायत विभिन्न कार्यक्रम हुने

रोयल इन्फिल्ड ‘हन्टर कार्निभल’, मोटरसाइकल एक्सचेन्जलगायत विभिन्न कार्यक्रम हुने



काठमाडौँ । रोयल इन्फिल्डले ‘हन्टर कार्निभल’ आयोजना गर्ने भएको छ । रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले बजारमा ल्याएको हन्टर ३५० मोटरसाइकलको कार्निभल यही फागुन १२ गते इजी वे ट्रायल सेन्टर, संखमुलमा हुन लागेको हो ।

laxmi

यस कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जि एम ए प्रर्दशनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज तथा कस्टमाइज्ड मोटर साइकल परेड, फुड स्टलहरु र म्युजिकल पर्फमेन्स् लगायतका कार्यक्रमहरु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL