Logo

टीभीएस महाएक्सचेन्ज महोत्सवमा टीभीएस एनटर्क १२५ सीसी ड्रम रेड सार्वजनिक

टीभीएस महाएक्सचेन्ज महोत्सवमा टीभीएस एनटर्क १२५ सीसी ड्रम रेड सार्वजनिक



काठमाडौँ । नेपालको लागि टीभीएस स्कुटर र मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस महा एक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सीसी ड्रम रातो रङमा सार्वजनिक गरेको छ । राम्रो माइलेज दिने एनटर्क १२५ सीसी ड्रममा स्मार्टकनेक्ट र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध छ ।

laxmi

शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले भने, ‘ग्राहकवर्गको उच्च मागलाई मध्यनजर गर्दै टीभीएस एनटर्क ड्रमलाई बोल्ड रातो कलरमा लन्च गर्न पाउँदा हामी हर्षित छौँ । सडकमा आफ्नो साहस देखाउन चाहने जो कोहीको लागि यो स्कुटर उपयुक्त हुनेछ ।’

टीभीएस एनटर्क ड्रममा ९.४ पीएस पावर सहितको १२५ सीसी इन्जिन रहेको छ । यसको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कूटरको लोकेसन थाहा पाउन सजिलो बनाएको छ ।‘टी’ आकारको रियर ल्याम्पले यस स्कुटरलाई सजिलै चिन्न सकिने बनाउनुका साथै थप सुरक्षाका लागि उत्कृष्ट भिजिबिलिटी पनि सुनिश्चित गर्दछ । स्पोर्टी स्टबी मफलरले यसको स्पोर्टी लुक प्रदान गर्ने मात्र होइन स्कुटरको पर्फरमेन्समा पनि योगदान पुर्‍याउँछ।

यसमा ठुला १२ इन्चका टायरहरूका साथ एनटर्क १२५ ड्रम भेरियन्ट रहेको छ । साथै ब्याटविङ–स्टाइलको डेटाइम लाइटले स्कुटरलाई फरक बनाउनुका साथै भिजिबिलिटी बढाउँछ जसले दिनको समयमा पनि सुरक्षित वाइड प्रोत्साहन गर्छ । टीभीएस एनटर्क ड्रम रेडको मूल्य रु. २,३५,९०० रहेको छ ।

काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको टीभीएस महाएक्सचेन्ज महोत्सव आगामी शनिबारसम्म जारी रहनेछ । यस महोत्सवमा ग्राहकले कुनै पनि बाइक र स्कुटर टीभीएस ब्रान्डका प्रोटक्टसँग एक्सचेन्ज गर्दा रु. ५०,००० को थप एक्सचेन्ज भ्यालु पाउन सक्नेछन् ।

साथै यस महा एक्स्चेन्ज महोत्सवमा शून्य प्रतिशत ब्याजदरमा २५% सम्मको डाउन पेमेन्टमा टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्न सकिनेछ भने हेल्मेट, बाइक कभर र ब्याग पनि निःशुल्क रूपमा प्राप्त गर्न सकिनेछ । त्यसै गरी यस महोत्सवमा नकिन्दा एक लाख र किन्दा ५ लाखसम्मको नगद छुट पनि प्राप्त गर्न सकिनेछ भने बम्पर उपहारमा १० लाखसम्म जित्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL