Logo

अर्थमन्त्री रामेश्वर खनालको सर्त : तलबसहितका कुनै सुविधा नलिने

अर्थमन्त्री रामेश्वर खनालको सर्त : तलबसहितका कुनै सुविधा नलिने


बिजखबर संवाददाता
216
Shares

काठमडौं । सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत कुनै अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन्।

बालुवाटार निकट स्रोतका अनुसार, खनालले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधनलगायत कुनै पनि सरकारी सुविधा नलिने शर्त राखेर मन्त्री पद स्वीकार गरेका हुन्। स्रोतले भन्यो, ‘तलबसहित अरू कुनै सुविधा लिँदिनँ र नामका अगाडि ‘माननीय’ लेख्न नपाइने शर्त राख्नुभएको छ। हाम्रो त्यसमा कुनै आपत्ति छैन।’

खनालले यसअघि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि कुनै सरकारी सुविधा लिएका थिएनन्।

केही समयअघि सरकारी खर्च कटौतीसम्बन्धी सुझाव दिन गठित समितिको नेतृत्व गरेका खनाल सार्वजनिक प्रशासन सुधार र मितव्ययी खर्चको पक्षमा वकालत गर्दै आएका छन्। इमानदार छविका लागि चिनिने खनाल पूर्वसचिवका रूपमा परिचित छन्।

प्रतिक्रिया दिनुहोस्