Logo

बीवाईडीले विश्व वातावरण दिवसमा रोप्यो १५०० बिरुवा, सामुदायिक वनको क्षेत्रलाई पुनरुत्थान गर्न सहयोग

बीवाईडीले विश्व वातावरण दिवसमा रोप्यो १५०० बिरुवा, सामुदायिक वनको क्षेत्रलाई पुनरुत्थान गर्न सहयोग



काठमाडौं । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले विश्व वातावरण दिवसको अवसरमा १ हजार ५०० बिरुवा रोपेको छ । ‘बिल्डीङ्ग ड्रिम्स एण्ड फरेष्ट’ परियोजनाको सहयोगमा वृक्षारोपण अभियान गरिएको हो ।

laxmi

अभियानले काठमाडौँको चखण्डोल सामुदायिक वनको क्षेत्रलाई पुनरुत्थान गर्दा बीवाईडीको भिजर्न ‘कूल द अर्थ बाई वान डिग्री’ दृष्टीकोणसंग मेल खान्छ । साइमेक्सले रणनीतिक स्थानमा १ हजार ५०० बिरुवा रोपेर पुनरुत्थानमा योगदान गर्न अगाडि बढिरहेको छ ।

विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा समेटिएको काठमाडौँ लामो समयदेखि वायुप्रदुषणका हानिकारक प्रदुषण झेल्दै आएको छ । यो पहल गरेर साइमेक्सले काठमाण्डौंमा वायु प्रदुषणको प्रतिकुल प्रभावलाई कम गर्न प्रयास गरेको कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् ।

‘बिल्डीङ्ग ड्रिम्स एण्ड फरेष्ट’ अभियानले बृक्षारोपणको लागि मियावाकी प्रविधीको प्रयोग गर्दै समग्रर प्रभावकारी बृक्षारोपणको प्रकृया सुनिश्चित गर्नेछ । यो दृष्टिकोण घना र विविध खालको रुखहरुको वृक्षारोपण गरी चखण्डोल सामुदायिक वनको समुन्नत विकासको लागि बढावा दिनेछ ।

कार्यक्रमा वन तथा वातावरण मन्त्री डा वीरेन्द्र प्रसाद महतोले अभियानको सुरुवातको प्रतीकका रुपमा पहिलो बिरुवा रोपेर उद्घाटन समारोहमा सहभागिता जनाएका थिए ।

साइमेक्स इंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा ग्राहक, पर्यावरणविद्, सरकारी प्रतिनिधि र बीवाईडी नेपालको सम्मानित ब्राण्ड एम्बेसडर हरिवंश आचार्य जस्ता प्रमुख व्यक्तिहरुलाई पनि निमन्त्रणा गरेको थियो । वातावरण संरक्षणमा साझा समर्पणको प्रतिनिधित्व गर्ने करिब २०० रुखको औपचारिक रोपण गरी कार्यक्रमको समापन भएको थियो भने बाँकी १ हजार ३०० रुखहरु आगामी १५ दिन भित्रमा रोप्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL