Logo

पोखरामा खुल्यो सेगवेको नयाँ शोरुम, बिक्री सेवा र स्पेयर पार्ट्सको पनि सुविधा पाइने

पोखरामा खुल्यो सेगवेको नयाँ शोरुम, बिक्री सेवा र स्पेयर पार्ट्सको पनि सुविधा पाइने



काठमाडौं । सेगवेको पोखरामा नयाँ शोरुम संचालनमा ल्याएको छ । सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहबले पोखराको पुरानो विमानस्थल नजिकै नयाँ शोरुम संचालनमा ल्याएको हो ।

laxmi

नयाँ शोरुमले यस क्षेत्रका ग्राहकहरूलाई सेगवेको मौलिक उत्पादनहरूको अनुभव गर्ने अवसर प्रदान गर्नेछ । नयाँ शोरुमको सञ्चालनसँगै नेपालमा सेगवेको निरन्तर बजार विस्तारको लागि महत्वपूर्ण कोसेढुङ्गा (माइलस्टोन) साबित गरेको छ ।

शोरुमको सुरुवातसँगै, फर्मले दिगोपन र वातावरणीय उत्तरदायित्वप्रति प्रतिबद्धताको रूपमा आफ्ना ग्राहकहरूको सम्मानमा नयाँ रूख रोपण अभियान घोषणा गरेको छ । सेगवेले नयाँ पोखरा शोरुमबाट खरिद गरेको प्रत्येक सेगवे इ–स्कुटरको खरिदकर्ताको सम्मानमा एउटा रुख रोप्नेछ । पुनरुत्थानलाई प्रोत्साहित गर्न र जलवायु परिवर्तनसँग लड्न रुखहरू रोपिनेछ । यस पहलले वातावरणलाई पनि फाइदा पुर्याउँदै आफ्ना उपभोक्ताहरूलाई प्रशंसा गर्ने उत्कृष्ट माध्यम भएको कम्पनीकोे भनाइ छ ।

बिक्रीको अतिरिक्त पोखराको सेगवे शोरुमले ग्राहकहरूलाई उत्कृष्ट सेवाको साथमा स्पेयर पार्ट्स पनि उपलब्ध गराउनेछ । शोरुममा प्रशिक्षित प्राविधिक टोली रहनेछन् । कुनै पनि सेगवे स्कुटरको लागि छिटो र प्रभावकारी सेवा प्रदान गर्नेछन् । टोलीले ग्राहकहरूको सेगवे स्कुटरहरूमा गरेकोे लगानी उत्कृष्ट रहेको सुनिश्चित गर्दै कसरी मर्मत गर्ने बारे सल्लाह प्रदान गर्नेछन् ।

यो शोरुमको सञ्चालनसँगै सेगवेले नेपालभरका बिक्री र सेवा केन्द्रहरूको नेटवर्कमा उत्कृष्टता थप्ने विश्वास कम्पनीले लिएको छ । यो शोरुम सुविधा सम्पन्न रहेको छ । बिक्री सेवा र स्पेयर पार्ट्सका साथ ग्राहकहरूले विश्वासका साथ सेगवेका उत्पादनहरू खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL