Logo

नाडाद्वारा उपत्यका ट्राफिक प्रहरीलाई सहयोग, ५ थान हाईटेक एडभान्स सिपियु प्रदान

नाडाद्वारा उपत्यका ट्राफिक प्रहरीलाई सहयोग, ५ थान हाईटेक एडभान्स सिपियु प्रदान



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन तथा पार्किङ सुविधाका लागि ५ थान हाईटेक एडभान्स सिपियु प्रदान गरेको छ ।

laxmi

एक कार्यक्रमका बीच नाडाका अध्यक्ष ध्रुव थापाले ट्राफिक प्रहरी प्रमुख मिरा चौधरीलाई राजधानीको सेण्ट्रलट्राफीक मोनिटरिङ्गका लागि पाँच थान हाईटेक एडभान्स सिपियु र त्यससँग सम्बन्धित उपकरणहरु हस्तान्तरण गरेका छन् ।

साथै सोही अवसरमा नाडाले ट्राफिक प्रहरीलाई १०० थान ट्राफिक रिफलेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको जनाएको छ । उक्त कार्यक्रमको अवसरमा राजधानीको ट्राफिक व्यवस्थापन तथा पारकिङ्गका सम्बन्धमा के कसरी अघि बढने भन्ने विषयमा समेत छलफल भएको नाडाले जनाएको छ । अध्यक्ष थापाले नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरिएको बताए ।

नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विगत लामो समयदेखि विभिन्न भौतिक सहयोग प्रदान गर्दे आएको र आजको यस हस्तान्तरण कार्यक्रम पनि त्यसको निरन्तरता भएको बताए ।

सहयोग सामग्री ग्रहण गर्दै ट्राफिक प्रमुख चौधरीले नाडाको उक्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस कार्यालयका लागि नाडाबाट यस किसिमका सहयोग निरन्तर रुपमा प्राप्तभइरहने अपेक्षा राखेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL