Logo

फोटोनको १४ र १७ सिटर इलेक्ट्रिक भ्यान काठमाडौँमा

फोटोनको १४ र १७ सिटर इलेक्ट्रिक भ्यान काठमाडौँमा



काठमाडौँ । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनको इलेक्ट्रिक भ्यान नेपाल भित्र्याएको छ। १४ र १७ सिट क्षमतामा उपलब्द यी भ्यानहरु कम खर्चका साथै वातावारण मैत्री रहेको कम्पनीले जनाएको छ ।

laxmi

कम्पनीका आनुसार फोटोनका यी कार्गो भ्यानको ब्य्याट्री क्षमता ५०.२३ KWH छ। यी भ्यानहरुको रेञ्ज सिङ्गल चार्जमा २३५ किलोमिटरसम्म छ । यसको ८५ KW पावर तथा २९० nm टर्क छ भने फोटोनका भ्यानहरु घरमा पनि चार्ज गर्न सकिनेछ।

यी भ्यानहरु दैनिक यातायातको लागि प्रयोग गर्न सहज र सुलभ हुने कम्पनिको भनाइ छ । फोटोनका भ्यानहरू शैक्षिक संस्था, होटेल, रुट, ट्राभल्स एण्ड टुर्स र अन्य संस्थाहरूका लागि उपयुक्त रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL