Logo

GBIME

हुन्डाई कन्स्ट्रक्सनले ल्यायो हेभि एक्जाभेटरमा ‘स्मार्ट प्रमिस अफर’, सुपथ मूल्यमा पाउन सकिने

हुन्डाई कन्स्ट्रक्सनले ल्यायो हेभि एक्जाभेटरमा ‘स्मार्ट प्रमिस अफर’, सुपथ मूल्यमा पाउन सकिने



काठमाडौं । हुन्डाई कन्स्ट्रक्सन इक्विप्मन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाइ स्मार्ट प्रमिस’ योजना ल्याएको छ । यो योजना अन्तर्गत कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सकिने व्यवस्था रहेको छ ।

ग्राहकले नयाँ उपकरणको भन्दा लगभग ६० गुणा कम लगानीमै सेकेन्ड ह्यान्ड उपकरण खरिद गर्न सक्नेछन् । नयाँ अवस्थामा लिँदा १ करोड ५० लाख नेपाली रूपैँयासम्म पर्ने उपकरणहरू ग्राहकले ६० देखि ९० लाख रुपैयाँमै लिन सक्नेछन् । यसअघि ३६१ घण्टादेखि बढिमा २९५० घण्टासम्म प्रयोग गरिएका यी सेकेन्ड ह्यान्डका उपकरणहरू अझै पनि उत्तिकै कुशल प्रदर्शन र उच्च प्रतिफल दिने अवस्थामा रहेका छन् ।

‘हुन्डाइ स्मार्ट प्रमिस’ का हरेक एक्जाभेटरहरुमा ९ महिना वा १००० घण्टाको प्रयोग अवधिसम्म वारेन्टि रहेको छ । साथै, हुन्डाइ मेन्टेनेन्स कन्ट्रयाक्ट (एचएमसि) प्याकेज अन्तर्गत निश्चित युनिटका एक्जाभेटरहरूमा ६ महिना, ८ महिना वा ९ महिनाको निःशुल्क मर्मत गरिने व्यवस्था छ । यस योजनाका मेसिनहरू हुन्डाइको काठमाडौँ, हेटौँडा र बुटवल सोरुममा उपलब्ध छन् ।

ग्राहकले आफूलाई सहज हुने योजना अनुसार लागत भुक्तानी गरि उपकरणहरू खरिद गर्न सक्नेछन् । हुन्डाइ कन्स्ट्रक्सन नेपालको हेभि निर्माण उपकरण बजारमा प्रमुख हिस्सा ओगटेको कम्पनी हो । कम्पनिले उच्च पर्फमेन्स गर्ने ‘नेपालको नम्बर १ एक्जाभेटर’ उपकरण निर्माण गर्दछ ।

हुन्डाइ कन्स्ट्रक्सनका उपकरण लामो समयदेखि निर्माण, युटिलिटि, उत्खनन र खानी उद्योगहरूको लागि प्रमुख इक्विप्मेन्टको रूपमा रहँदै आएको छ । हुन्डाइ मसिन, हेभि इक्विप्मेन्ट अपरेटरहरूलाई कार्य सम्पादन गर्न मुख्य भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
NBL
NCHL