Logo

Global_Ime

याडियाको स्कुटर खरिदमा बम्बर फिफा वर्ल्डकप अफर

याडियाको स्कुटर खरिदमा बम्बर फिफा वर्ल्डकप अफर



काठमाडौं । नेपालको लागि याडिया ब्राण्डका विद्युतीय स्कुटरको आधिकारिक विक्रेता कुजु नेपालले बम्पर फिता वर्ल्डकप अफर घोषणा गरेको छ । विश्वकप फुटबल चलिरहेको समयमा खरिद गरिएका याडिया ब्राण्डका ई–स्कुटर खरिदकर्ताले छुट पाउनुका साथै विभिन्न प्रकारका बम्बर उपहार पनि पाउने कम्पनीले जानकारी दिएको छ ।

laxmi bank orange saving
NABIL

कम्पनीका अनुसार फिफा वर्ल्डकप २०२२ को अवसरमा याडिया ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्नेहरुले २० हजार रुपैयाँ छुट पाउने छन् । यस्तै, गोलाप्रथाबाट तीन जना भाग्यशााली उपभोक्ताले ४१ हजार रुपैयाँदेखि ९० हजार रुपैयाँसम्मको एलजीको टेलिभिजन र रेफ्रिजेनेटर उपहार पाउने छन् ।

कम्पनीका अनुसार गोलाप्रथाबाट छनोट भएका विजेताले पहिलो पुरस्कारको रुपमा ९० हजार १९० रुपैयाँ मूल्य बराबरको एलजीको ४३ इन्चको युएचडी ४के स्मार्ट एलइडी टेलिभिजन, दोस्रो हुनेले ५५ हजार ६९० रुपैयाँ मूल्य बराबरको एलजीकै ३२ इन्चको स्मार्ट एलइडी टेलिभिजन र तेस्रो हुनेले ४१ हजार १९० रुपैयाँ मूल्य बराबरको एलजीको १९० लिटर क्षमताको रेफ्रिजेनेटर पुरस्कार पाउने छन् ।

कम्पनीले याडियाको प्रत्येक इस्कुटर खरिदमा प्रत्यक ग्राहकलाई उपहारको व्यवस्था गरिएको र कुनै पनि ब्राण्डका दुईपाँग्रे सवारीसाधनमा स्लगत मूल्यांकनको एक्सचेन्ज अवसर पनि उपलब्ध हुने व्यवस्था गरिएको छ । कम्पनीले २ लाख ५५ हजार रुपैयाँदेखि ३ लाख ७० हजार रुपैयाँ बराबरका स्कुटर विक्री गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc