Logo

सेकेन्डह्यान्ड इलेक्ट्रिक कार किन्नु मूर्खता वा बुद्धिमानी ? निर्णय लिनुअघि यी ५ कुरामा ध्यान दिनुहोस्

सेकेन्डह्यान्ड इलेक्ट्रिक कार किन्नु मूर्खता वा बुद्धिमानी ? निर्णय लिनुअघि यी ५ कुरामा ध्यान दिनुहोस्



काठमाडौं । पछिल्ला केही दिनयता नेपाली बजारमा विद्युतीय सवारी साधनको माग तीव्र गतिमा बढेको छ । यसका तीनवटा मुख्य कारण छन् । जसमा पेट्रोल र डिजेलको आकाश छोएको मूल्य, विद्युतीय सवारीसाधनप्रति जनताको बढ्दो झुकाव र विद्युतीय सवारीका सम्बन्धमा सरकार÷वाहन कम्पनीहरुको आक्रामक नीति रहेका छन् ।

laxmi

तर, सर्वसाधारणको बजेटमा विद्युतीय सवारीसाधन अझै महँगो छ । यस्तो अवस्थामा विद्युतीय सवारीका सेकेन्ड ह्यान्ड इलेक्ट्रिक गाडीको माग पनि तीव्र गतिमा बढेको छ । यस्तो अवस्थामा यदि तपाई पनि सेकेन्ड ह्याण्ड इलेक्ट्रिक गाडी किन्ने सोचमा हुनुहुन्छ भने तपाईले यी पाँच कुरालाई ध्यानमा राख्नुपर्छ ।

विद्युतीय कारका कम मोडलहरू ठूलो चुनौती

यदि तपाइँ सेकेन्ड ह्यान्ड राम्रो इलेक्ट्रिक कार किन्ने योजनामा हुनुहुन्छ भने, यो अलि गाह्रो हुन सक्छ । इभी कारहरूले आइसी इन्जिन कारहरू भन्दा कम मोडलहरु उत्पादन हुने गर्छन र कम बिक्री हुन्छन्् । जसका कारण सही मोडेल छनोट गर्नु महत्वपूर्ण हुन जान्छ । कम मोडलका इभी उत्पादन हुने भएकाले सही मोडल छनोटको विषय महत्वपूर्ण रहन्छ ।

लागतबारे सोच्नुहोस

नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार राम्रो छैन । तर, पेट्रोल र डिजेलको भाउ लगातार बढिरहेको बेला विद्युतीय सवारी साधनको माग बढिरहेको छ । पछिल्लो समय चार्जिङ स्टेशनको स्थापना बढेसँगै इभी चार्ज गर्न सजिलो भएको छ र सहरमा सजिलै चलाउन सकिन्छ । नेपालको अधिकांश बिजुली जलविधुत प्लान्टहरूबाट उत्पादन गरिन्छ । जसका कारण चार्जिङ शुल्क पनि न्यून हुँदै जाने आशा गर्न सकिन्छ । विशेष गरी पेट्रोल वा डिजेल सवारीसाधनको तुलनामा शून्य टेलपाइप उत्सर्जनका कारण विद्युतीय सवारीहरू वातावरणका लागि धेरै लाभदायक पनि छन् ।

न्यून पुनर्विक्रय मूल्य

यसमा कुनै शंका छैन कि पेट्रोल र डिजेल सवारीसाधनको तुलनामा विद्युतीय सवारीको मूल्य द्रुत रूपमा घट्छ । यसको मतलब यो पनि हो कि यदि विद्युतीय सवारी साधनहरू सेकेन्ड ह्यान्ड खरिद गरिन्छ भने, तिनीहरू सस्तोमा पनि उपलब्ध हुन्छन् । यसैले तपाइँ इलेक्ट्रिक गाडी किन्ने योजनामा हुनुहुन्छ भने, यो तपाइको लागि उपयुक्त निर्णय पनि हुनसक्छ । तर, न्यून पुनर्विक्रय मूल्य हुनाले भविष्यमा तपाईले खरीद गरेको इभीको मूल्य पनि निकै कम मात्र आउन सक्छ ।

कार्यसम्पादन

यदि हामीले विद्युतीय सवारी साधनको कार्यसम्पादनको बारेमा कुरा गर्ने हो भने, यो धेरै आइसी इन्जिन कारहरू भन्दा बराबर वा कहिलेकाहीं राम्रा पनि हुन्छन् । यद्यपि, इभीसँग दायराको समस्या पनि छ । विद्युतीय सवारी साधनहरू शान्त हुन्छन्, सहज ड्राइभ हुन्छ् र यी धेरैजसो ईभीहरू स्वचालित गियरबक्सहरूसँग पनि आउँछन् । यसको मतलब तिनीहरू सजिलै शहरमा चलाउन सकिन्छ । यसबाहेक, धेरैजसो ईभीहरूमा टर्क पनि उपलब्ध हुन्छ ।

ब्याट्री वारेन्टी र कागजात

यदि तपाइँ प्रयोग गरिएको कार बजारमा इभी किन्ने योजनामा हुनुहुन्छ भने, यो सुनिश्चित गर्न महत्वपूर्ण छ कि तपाइँको विद्युतीय गाडीको ब्याट्री वारेन्टी अन्तर्गत छ । किनभने योे सबैभन्दा बढी जोखिम हो । जब तपाइँ कुनै पनि अन्य कार जस्तै इभी किन्नुहुन्छ, सो इभीको प्रयोगबारे विस्तृत रुपमा सोध्नुस । यसबाहेक, दर्ता प्रमाणपत्र, बीमा र ऋण हस्तान्तरणको मामलामा एनओसी पत्र आदिबारे सोधपुछ गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL