Logo

सीजी मोटोर्सले नेपाल भित्र्यायो चाङ्गनको भी–५ मोडलको विद्युतीय भ्यान

सीजी मोटोर्सले नेपाल भित्र्यायो चाङ्गनको भी–५ मोडलको विद्युतीय भ्यान



काठमाडौं । सीजी मोटोर्सले चाङ्गनको विद्युतीय भ्यान नेपालमा ल्याएको छ । पेसेन्जर कार सेग्मेंटमा निटा भीको सफलता पछि सीजी मोटोर्सले पहिलो चरणमा लाइट कमर्सिअल सेग्मेंट अन्तर्गत चाङगनको भी–५ मोडल नेपाल भित्र्याएको जानकारी दिएको हो । केही समयमै भी–७ पनि भित्र्याउने जानकारी कम्पनीले गराएको छ ।

सीजी मोटोर्सले विद्युतीय सवारी भित्र्याउने क्रम बढाएसँगै चार्जिङ पूर्वाधारलगायत आवश्यक सेवा सुविधा बिस्तारलाई उच्च प्राथमिकता दिएको जनाएको छ ।

बढ्दो इन्धनको मूल्य पश्चात् मध्यम तथा सानो दुरीमा इन्धनबाट चल्ने माइक्रोलाई विस्थापन गर्नेसक्ने क्षमताका विद्युतीय भ्यानको ठुलो आवश्यकता छ । सोही आवश्यकतालाई पुरा गर्न सीजी मोटोर्सले चाङगनको भी–५ ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL