Logo

टेस्लाले चीनमा उत्पादन रोक्यो, बतायो यस्तो कारण

टेस्लाले चीनमा उत्पादन रोक्यो, बतायो यस्तो कारण



काठमाडौं । विश्वको प्रमुख विद्युतीय सवारी उत्पादक टेस्लाले आफ्नो चीनस्थित शांघाई प्लान्टबाट अधिकांश उत्पादन रोकेको छ । उक्त निर्णय कम्पनीले पाटपुर्जा अभावको कारणले भोगिरहेको पछिल्लो कठिनाइहरूको श्रृंखलाका रुपमा लिइएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार सांघाई प्लान्ट सहरमा बढ्दो कोभिड १९ लकडाउनका कारण २२ दिने बन्द भएपछि आंशिक रूपमा उत्पादन पुन सुरु गरेको थियो । उक्त २२ दिनको बन्द पछि अप्रिल १९ मा पुन खोलेको लगत्तैपछि हरेक दिन लगभग १२०० इकाइहरू निर्माण गरिरहेको थियो ।

यससंगै कम्पनीले आफ्ना विद्युतीय सवारी साधनका पाटपुर्जाहरू सुरक्षित गर्न समस्या भएको कारण देखाउदै मंगलबार (आज) देखि दैनिक २ सय भन्दा कम सवारी साधनहरू उत्पादन गर्ने योजना बनाएको जानकारी दिएको छ । उक्त विषयमा स्रोतले यसअघि आपूर्ति समस्याको कारण कारखानाले सोमबार देखि उत्पादन रोक्न बाध्य पारेको बताएको थियो ।

सांघाईमा तीव्र गतिमा बढ्दै गईरहेको कोभिड १९ लकडाउन छैठौं हप्तामा छ जसले मानिस र सामग्रीको आवागमनमा कडा प्रतिबन्धको बीचमा निर्माणकर्ताहरूको क्षमताको परीक्षण गरेको छ । हालको आपूर्ति समस्या कहिले समाधान हुन्छ भन्ने तत्कालै स्पष्ट नभएको र उत्पादन योजनाहरू निजी भएकाले पहिचान नगर्न आग्रह गर्दै कम्पनीले तत्काल गरिने टिप्पणीको लागि प्रश्नको जवाफ नदिईने जानकारी दिएको छ ।

ईभी निर्माता टेस्ला बीवाईडी पछिको चीनको दोस्रो ठूलो कम्पनी रहेको छ । गत हप्ता अप्रिलमा मात्रै चीनमा समग्र अटो बिक्री ४८ प्रतिशतले घटेकोे अनुमान एक अटो एसोसिएसनको रहेको छ । शून्य कोभिड लकडाउनले कारखानाहरू बन्द भएको, शोरूमहरूमा सीमित यातायात र खर्चमा ब्रेक लागेका कारण बिक्रि घटेको कम्पनीको दावी रहेको छ ।

टेस्लाको तार हार्नेसको मुख्य आपूर्तिकर्ताले टेस्ला र जनरल मोटसलाई आपूर्ति गर्ने सांघाई प्लान्टबाट आफ्ना कामदारहरूमा कोभिड १९ संक्रमण भेटिएपछि ढुवानी रोकेको थियो । टेस्लाको सांघाई प्लान्ट, जसलाई गिगाफ्याक्ट्रि ३ पनि भनिन्छ यसले चीनको बजार र निर्यातको लागि मोडल ३ सेडन र मोडेल वाई क्रसओभर उत्पादन गर्दैआएको छ ।

टेस्लाले अप्रिल १९ मा सांघाई प्लान्टमा सहरको कोभिड १९ लकडाउनका कारण २२ दिने बन्द भएपछि आंशिक रूपमा उत्पादन पुन सुरु गरेको थियो । टेस्लाले आफ्नो सांघाई प्लान्टमा मे १६ देखि दैनिक २६०० कारको उत्पादन बढाउने लक्ष्य राखेको जानकारी कम्पनीले दिएको छ । २ करोड ५० लाख जनसंख्या भएको ब्यापारिक हब सांघाइमा अधिकारीहरूले एक महिना भन्दा पहिले लगाइएको शहरव्यापी लकडाउनलाई कडा पारेका छन । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL