Logo

फोटोनको ‘लाइटट्रक अमार्क’ नेपाल भित्र्याउँदै एमएडब्लु, के–के छन् विशेषता ?

फोटोनको ‘लाइटट्रक अमार्क’ नेपाल भित्र्याउँदै एमएडब्लु, के–के छन् विशेषता ?



काठमाडौं । एमएडब्लुले मार्च महिनामा फोटोनको ‘लाइट ट्रक अमार्क’ नेपालमा ल्याउने तयारी गरेको छ । यो उत्कृष्ट पावर र आकर्षक डिजाइनको लागि चर्चित छ । फोटोन अमार्कमा क्याविनको डिजाइन उत्कृष्ट रहेको छ । साथै, यसलाई अत्याधुनिक फिचरले सुसज्जित गरेको छ ।

laxmi

यो ट्रकमा २.८ लिटर क्षमताको टर्बो चार्ज डिजेल, वाटर कुलिङ इन्जिन दिइएको छ । यसमा रहेको इन्जिनले अधिकतम १०२ हर्स पावर र २२५ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । साथै, ड्यास बोर्डमा माउन्ट भएको गियर लिभरले लामो समयको यात्रामा पनि सजिलो एवं थकान मुक्त महसुस गराउँछ । यसको भरपर्दो एवम् विश्वसनीय इन्जिन, गियर बक्स, क्राउन र च्यासिसको संयोजनले मर्मत खर्च कम गराउने कम्पनीले जनाएको छ ।

यसमा ४ हजार बढी बहन क्षमता, सर्वोत्कृष्ट माइलेज र मजबुत इन्जिन, गियर बक्स, क्राउन र च्यासिस भएको यो कम्प्याक्ट ट्रक, न्यून सञ्चालन खर्चमा सवारी धनीलाई अधिकतम मुनाफा हुने गरी निर्माण गरिएको छ । यसमा अति साँघुरो गल्लीमा पनि सजिलै मोड्न मिल्ने मात्र ५.५ मिटरको टर्निङ्ग सर्कल रेडियस छ । यसमा भएको केवल सिफ्ट मेकानिज्म र ५–स्पीड गीयर बक्सले सहज एवं भन्झटमुक्त यात्रा सुनिश्चित गर्ने कम्पनीले दाबी गरेको छ ।

नेपालका लागि फोटोन मोटर गु्रपको आधिकारिक बिक्रेता एमएडब्लू लिमिटेडले पिकअप टुनल्यान्ड ई, टुनल्यान्ड एस जी, १९–सिट क्षमताको भ्यान भ्यु सीएस २ एल, १६–सिट क्षमताको भ्यान भ्यु सीएस २ र १५–सिट क्षमताको भ्यान भ्यु सी २ का साथै विभिन्न प्रकारका एम्बुलेन्स बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL