Logo

महिला लघुवित्तको साधारण सेयर बाँडफाँड शुक्रबार हुने

महिला लघुवित्तको साधारण सेयर बाँडफाँड शुक्रबार हुने



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण सेय शुक्रबार बाँडफाँड गर्ने भएको छ । कम्पनीको सेयर निष्काशनकर्ता नेपाल एसविआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान प्राथमिक सेयर बाँडफाँड गर्ने जानकारी दिएको हो । साधारण सेयरको बाँडफाड हात्तिसार स्थित नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा हुने समेत विज्ञप्तिमा जनाइएको छ ।

laxmi

महिला लघुवित्तले २०७७ माघ ३० गतेबाट १ सय रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो । कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको समेत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL