Logo

सुनचाँदीका कालिगढको सिप विकासका लागि फाउण्डेसन, १० लाख बराबरको अक्षयकोष स्थापना

सुनचाँदीका कालिगढको सिप विकासका लागि फाउण्डेसन, १० लाख बराबरको अक्षयकोष स्थापना



काठमाडौं । सुनचाँदीको क्षेत्रमा काम गर्ने कालिगढको सिप विकास गर्ने उदेश्यले शुभगुरु फाउण्डेशन स्थापना भएको छ। अन्तराष्ट्रिय स्तरको सुनचाँदीको गरगहना बनाउने सिप र कला सिकाएर नेपाली कालीगढ तयार गर्ने फाउण्डेशनले जानकारी दिएको छ। शुभगुरु सुनचादी गृहका सञ्चालक सूर्य बराल र राधा गुरुङको २५औं विवाह वर्षगाँठको अवसरमा शुभगुरु फाउण्डेशनको स्थापना गरिएको हो।

laxmi

फाउण्डेशन स्थापनाको जानकारी दिन विहिबार आयोजित कार्यक्रमको उद्द्घाटन गर्दै नेपाल सुनचादी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले गरगहना बनाउने कालिगढको सिप विकास र सम्मान गर्न फाउण्डेशन स्थापना हुनु सुनचादी क्षेत्रका लागि महत्वपूर्ण थालनी भएको बताए। निजिस्तरबाट गरिएको अभियानको प्रशंसा गर्दै अध्यक्ष महर्जनले राज्यले सुनचादी क्षेत्रमा भएका समस्या समाधानमा पर्याप्त ध्यान नदिएको जानकारी दिए। अध्यक्ष महर्जनले सुनचाँदी व्यवसायमा व्यवसायीको आर्थिक र सामाजिक उन्नती भएपनि यस व्यवसायमा अहोरात्र खटिने कालिगढको क्षमताको उचित मुल्यांकन नभएको अवस्थामा फाउण्डेशनको यो सानो प्रयास कोषेढुंगा भएको भन्दै प्रशंसा गरेका छन् ।

फाउण्डेशनका संयोजक सूर्य बरालले सुनचाँदीको क्षेत्रमा आबद्ध कालिगढ र ब्यवसायीहरुको ज्ञान, सिप, कला र विद्दताको सम्मान गर्दै सुनचाँदी व्यबसाय क्षेत्रको वृहत्तर विकास, सम्बर्धन, संरक्षण गर्नुपर्ने बताए। गहनाको परम्परागत निर्माण शैलिलाइ आधुनिकीकरण र सहजिकरण गर्न आवस्यक पर्ने औजार र मेसीन खरिद गर्न सहयोग गर्नेमा बरालले जोड दिएका छन्। उनले गरिव, पिछडिएका र द्वन्दपिडित वर्गका लागि सिपविकास गर्न ईच्छुक विद्यार्थीहरुलाई कालिगढी क्षेत्रमा सिप सिक्नका लागि छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम रहेको जानकारी दिए ।

फाउण्डेशनले कालिगढको सिप विकासका लागि १० लाख २५ हजार २५ रुपैयाको अक्षयकोष खडा गरेको छ भने उनिहरुको सिप र क्षमताको कदर गर्दै बार्षिक रुपमा पुरस्कृत गरिने जानकारी समेत दिएको छ।

नेपाल सुनचाँदी कला व्यवसायी संघका केशर सेञ्चुरी, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका कोषाध्यक्ष द्वारीकालाल शंकर, नेपाल सुनचाँदी कला व्यवसायी संघका निर्देशक हरि रसाइली, नेपाल सुनचाँदी कालिगढ संघका अर्जुन विश्वकर्माले नेपालमा कार्यरत ४ लाख कालिगढको विषयमा अहिलेसम्म कुनै मुर्त कार्यक्रमहरु नभएको अवस्थामा एउटा पसलको पहलमा स्थापना गरिएको फाउण्डेशनको उदेश्य र सोच महत्वपूर्ण भएको बताएका छन्। उनिहरुले कालिगढको सिप र क्षमता विकासका लागि आवश्यक तालिम तथा विभिन्न कार्यक्रमहरुमा सुनचाँदी व्यवसायसग सम्वन्धित सम्पूर्ण संस्थाहरु फाउण्डेशनसग साथ र सहकार्य गरि अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा संखुवासभाका पूर्व सांसद डेडराज खड्काले फाउण्डेशनका सञ्चालकहरुको समाजमा केही गरौ भन्ने हुटहुटी फाउण्डेशन मार्फत पुरा हुने बताउँदै सुनचाँदी व्यवसायलाइ अझ मर्यादित र सम्मानित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL