Logo

६ अंकले घट्यो नेप्से, उत्पादनमुलक वाहेक सवै समुह रातो

६ अंकले घट्यो नेप्से, उत्पादनमुलक वाहेक सवै समुह रातो


बिजखबर संवाददाता
0
Shares

मंगलबार नेप्से परिसुचक ५ दशमलव ९६ अंकले ओरालो लागेको छ । बजार खुलेदेखि आरालो लागेको नेप्से परिसुचक अन्तमा १ हजार ८५ दशमलव ८७ अंकमा झरेर अडिएको छ ।

बजारमा सवैजसो समुहका परिसुचक ओरालो लागेको छ । बजारमा बीमा, बैंक, जलविद्युतलगायतका क्षेत्रमा समुहको परिसुचक बढी ओरालो लागेको छ । बजारमा बीमा ३४ अंकले ओरालो लगेको छ ।

यस्तै, होटल समुह ११ दशमलव ३६ र जलविद्युत समुहको सूचक १० अंकले घटेको छ । सेयर बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ७ दशमलव ६ अंकले घटेको छ । त्यसैगरी विकास बैंक र फाइनान्स समुहको परिसुचक क्रमशः ३ दशमलव ७ र ० दशमलव ८६ अंकले घटेको छ ।

यता उतपादन समुहको परिसुचक भने २६ दशमलव ९८ अंकले उकालो लागेको छ ।

मंगलवार कारोवारमा आएका १ सय ३ कम्पनीको ४ लाख १२ हजार कित्ता सेयरबाट १७ करोड ४४ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL