Logo

नेप्से ७ अंकले बढ्यो, कारोवारमा पनि बृद्धि

नेप्से ७ अंकले बढ्यो, कारोवारमा पनि बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
७ मंसिर, काठमाडौं । आइतबार नेप्से परिसुचक सामान्य रुपमा बढेको छ । बजार खुलेपछि शुरुमा उच्च रुपमा बढेको नेप्से अन्तमा ६ दशमलव ६५ अंकले मात्र बढेको छ । आइतबार परिसुचक ८ सय ६९ दशमलव १५ विन्दुमा पुगेर अडिएको छ ।
आइवार सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक बढेको छ । उक्त समुहको परिसुचक ६९ दशमलव ७२ अंकले बढेको छ । यस्तै, बीमा समुहको परिसुचक पनि २९ दशमलव ८३ अंकले बढेको छ । बजारमा बैंकिङ,  होटल तथा डेभलपमेन्ट बैंक समुहको परिसुचक सामान्य रुपमा बढेको छ भने फाइनान्स समुहको परिसुचक भने घटेको छ ।
आइतवार बजारमा कुल २६ करोड १० लाख रुपैयाँ बरावरको कुल ५ लाख ६६ हजार कित्ता सेयर कारोवार भएको छ । अघिल्लो हप्ताको तुलनामा कारोवार रकम भने बढेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL